Climate

चुनावको दिन भोलि सातै प्रदेशमा पानी पर्ने

बिज्ञापन

काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन भोलि (शुक्रबार) देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले निर्वाचन लक्षित विशेष मौसम बुलेटिन जारी गर्दै शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार उक्त दिन (शुक्रबार) साँझ ६ बजेदेखि भोलिपल्ट (शनिबार) बिहानसम्म प्रदेश नं १ का केही स्थान साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २५ गते दक्षिण बंगालको खाडीमा विकसित भएको ‘असानी’ चक्रवात २५ गते पूर्वानुमान गरिएको भन्दा दक्षिणमा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बिज्ञापन

२८ गते भारतको आन्द्र प्रदेशको तटिय क्षेत्र आसपासमा रहेको असानी आज २९ गते सोही स्थानमै कमजोर अवस्थामा रहने सम्भावना रहेको र उक्त प्रणालीको यस अघि पूर्वानुमान गरिएको भन्दा दक्षिणमै रहने हुनाले त्यसको प्रभाव नेपालमा आंशिक रुपमा मात्रै पर्ने महाशाखाले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन