Uncategorized

सर्पले टोकाइबाट छोरी बितिन्, आमा सिकिस्त

बिज्ञापन

कञ्चनपुरमा सर्पले टोकेर एक युवतीको ज्यान गएको छ । बेदकोट नगरपालिका–१०, दैजीकी १८ वर्षीया पुष्पा दमाईको विषालु सर्पको टोकाइबाट हिजो मृत्यु भएको छ ।

बिज्ञापन

घरमै सुतेका बेला सर्पले डसेर बेहोस अवस्थामा भेटिएकी उनलाई आफन्तले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बताएको छ ।

पुष्पाको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ । गत शनिबार मृतककी ४८ वर्षीया आमा मञ्जु देवी दमाईलाई समेत घरमै सुतेको समयमा सर्पले डसेको थियो । सर्पको टोकाइबाट सिकिस्त उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

बिज्ञापन