राजनीति

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिँदै

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संसद पदबाट राजीनामा दिने भएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको, सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ, राप्रपा स्रोतले भन्यो ।

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेको राप्रपाले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन