स्वास्थ तथा सरसफाइ

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

बिज्ञापन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पत्नी सीता दाहाल अस्पताल भर्ना भएका छन् । सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालयका अनुसार सीतालाई हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छन् ।

एक नेताका अनुसार सीता दाहालको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको कार्यक्रममा समेत प्रचण्ड जान पाएनन् ।

बिज्ञापन
बिज्ञापन