राजनीति

गृहमन्त्री खाँणद्वारा भैरहवादेखि तनहुँसम्मको ४ दिने साइकल यात्रा शुभारम्भ

बिज्ञापन

गृहमन्त्री बालकृष्ण खाँणले साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मका लागि शुरू ४ दिने साइकल यात्राको शुभारम्भ गरेका छन् ।

शुक्रवारदेखि शुरू साइकल यात्रा आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएको हो ।

भैरहवादेखि तनहुँको ‘रम्भा–मानुग्कोटको ४ दिने साइकल यात्रा’ प्रारम्भ गरेको साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए ।

गृहमन्त्री खाँणले हरियो झण्डा फहराइ तनहुँसम्मको साइकल यात्रा प्रारम्भ गरेका हुन् । भैरहवाको लुम्बिनी गेटबाट हरियो झण्डा फहराई यात्रा प्रारम्भ गरी साइकल यात्रीलाई बिदाइ गरेका हुन् ।
 
गृहमन्त्री खाँणले पछिल्लो समय साइकल यात्रा गर्नेहरूको संख्या बढ्दै गएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए ।
 
शुक्रवार भैरहवाबाट शुरू भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए । यात्राको पहिलो दिन भैरहवाबाट शुरू भई बुटवल, पाल्पाको बर्तुंग, आर्यभंज्यांग, चिदीपानी, हुमिन हुँदै ताहुँ धोबाधि पुग्नेछ ।
 
दोस्रो दिन धोबाधिबाट यात्रा शुरू गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुर हुँदै भिमाद बजार पुग्नेछ । तेस्रो दिन भिमाद बजारदेखि खैरेनीटार, जामुने भन्ज्याङ, चापाघाट हुँदै मानुङकोट सम्म पुग्ने संयोजक खरेलले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन