
मुम्बई, ३ अक्टुम्बर । अब ह्वाट्सप प्रयोगकर्ताहरुलाई ह्वाट्सपमा कुरा गर्न सजिलो हुने भएको छ । हामी सबैलाई थाह नै छ, अहिले ह्वाट्सपले सोशल मीडियाको जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । अधिकांश मोबाईल प्रयोगकर्ताहरुको मोबाईलमा ह्वाट्सप डाउनलोड गरेर कुराकानी गर्ने गरेको देखिन्छ । कुनै म्यासेज पठाउनु पर्ने होस वा शुभकामना आदन–प्रदान, मिटिङ, व्यापार–व्यवसाय वा आपसी घरयासीदेखि आफन्तहरुसंग कुरा गर्न अहिले मोबाईल प्रयोगकर्ताहरुले ह्वाट्सपको प्रयोग गरेको पाईन्छ ।
ह्वाट्सपले चाँडै आफ्नो एण्ड्रोयड बीटा भर्जनमा टेस्टिङको लागि ओलवेज म्यूट, नयाँ स्टोरेज यूजेस ग्क्ष् र मीडिया गाइडलाईन सहित अनेकौ फीचर्स रोलआउट गरेको छ । यो फीचर्सको लागि ह्वाट्सप ऐप २.२०.२०१.१० बीटा जारी गरिएको छ । यदि टेस्टिङमा सफल भएको खण्डमा यो चाँडै सबै प्रयोगकर्ताहरुको लागि उपलब्ध हुनेछ ।यस नौलो फीचरको माध्यमबाट ह्वाट्सप प्रयोगकर्ताहरुले कुनैपनि च्याट (कुराकानी) लाई सधैको लागि म्यूट गर्न सक्नेछन् । यो नौलो फीचरले ग्रुप र व्यक्तिगत कुराकानी दुबै अवस्थामा काम गर्ने छ । अहिलेसम्म ह्वाट्सप प्रयोगकर्ताले कुनै सम्र्पक कर्तालाई धेरैमा एक वर्षसम्म मात्र म्यूट गर्न सक्थे तर अहिले आएको नयाँ बीटा अपडेटमा प्रयोग कर्ताहरुलाई ‘ब्धिबथक’ को पनि अप्शन रहेको छ ।

स्मरण रहोसकि यो नौलो ह्वाट्सप फीचर इंस्टाग्रामको मीडिया गाइडलाइन्स फीचरको जस्तै छ । यस फीचरको सहायताले प्रयोगकर्तालाई अनलाइन गर्नुको साथै इमेज, भीडियो वा GIFs लाई एडिट गर्ने समय टेस्ट पनि गर्न सकिने छ ।
अन्य समाचारहरु
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?