August 5, 2022

मालिका समाचार

देशकाे ऐना

मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको कारण के होला ?

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

एजेन्सी । मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि रहेको छ । हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ ।

विज्ञापन

मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ । देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घण्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घण्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।

मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घण्टीबाट निस्कने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घण्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ ।

घण्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ । नियमित रूपमा आरती गर्दा र लगातार घण्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।

पुराणहरूमा बताइए अनुसार, मन्दिरमा घण्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्‍िटको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घण्टीको ध्वनि हो ।

विज्ञापन