लेख

महिला अधिकार आवरणमा मात्रै हो र ?

बिज्ञापन

सिमा न्युरे” सहनशीलताको प्रतिक भनेर ट्याग भिराई भिराई कतिपय समाजमा नारि शोषणको परम्परा नै बसेको छ।
आवरणमा नारिलाई जति सम्मान गर्छ कतिपय समाजले यथार्थमा त्यो भन्दा सयौँ गुणा दासि र प्रयोगको औजार ठान्छ। जमना बदलियो युग फेरियो भनेर खोकि रहँदा नारिहरुको वाँच्ने शैलि र अधिकार फेरियो कि फेरिएन?,यो हो आजको प्रश्न ।

महिला विरूद्ध धार्मिक ,सामाजिक , संस्कृत ,परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य जस्ता कुनै पनि किसिमका हिंसा जन्य कार्य वा शोषण गरेमा त्यसको कार्य दण्डनीय हुनुपर्छ र पीडित ले क्षति पूर्ति पाउनुपर्छ। गल्ती महिला पुरुष दुवै बाट भएपनि पुरुष चोखो हुन्छ, उ काठ को बार हो जे गरे पनि सुहाउँछ तर दोषी महिला नै हुनु पर्ने , जिवनभर सजाय को भोगी महिला नै हुनु पर्छ, यी कुनै प्राचीन कालका घटना समेटेको होइन यही युग मा अहिले पनि हाम्रो समाजको वरिपरि घटिरहेका छन्। केही हदसम्म हामीले अधिकार प्राप्त गरिसकेका छौं, जस्तै संविधान सभामा ३३% ,३५ बर्ष सम्म अविवाहित महिला ले छोरा बराबर को अंश को हकदार, यदि पुरुष ले दोस्रो बिबाह गर्यो अथवा सौता हाल्यो (बहुविवाह) भने कानुन लाग्ने , छोरीहरू शिक्षा मा बराबर छन् यति हुँदाहुँदै पनि कतिपय ठाउँहरू मा शिक्षा को अभाव र ज्ञान को कमिले गर्दा पछि पर्नु परेको छ।

महिलाले शिक्षा, स्वास्थ्य , रोजगारी, सामाजिक सुरक्षामा सकारात्मक विभेदक आधारमा अवसर प्राप्त हुनुपर्छ।। संविधान सभामा ३३% सीट महिलाको भएता पनि अन्य ब्यवहार मा भने महिलाको मूल्यांकन कम् नै देखिन्छ।द्वारिका देवी ठकुरानी, योगमाया न्यौपाने जस्ता क्रान्तिकारी, महामहिम विद्या भण्डारी जस्ता महिला प्रमुख भएको देश मा नै हामी पनि छौं नारी दिवस मनाउने मात्र नभएर केही परिवर्तन को लागि सोचौं, अझै क्रान्ति गरौं।।

(सन्दर्भ नारी दिवस तथा महिला अधिकार) के साँच्चिकै नारीहरूले अत्याचार र दमन बाट मुक्ति पाएका हुन् त ? 21औं शताब्दीमा नारीहरू सुरक्षित र सक्षम छन् त? समानताको लागि महिला अधिकार को लडेर केही हद सम्म विजय प्राप्त गरेका हाम्रा अग्रज तथा महिला नेतृहरुले त अहिले हामीलाई नारी दिवस मनाउने अवसर दिनुभयो तर हामीले त्यो एकदिन लाई वर्ष को एक दिन आउने चाडपर्व को रूप मा मात्र मनाइरहेका छौं।।आठ मार्च के हो? नारी दिवस त्यति मात्र थाहा छ हामीलाई।अहिले हामीले मनाइरहेको यो दिन को लागि कैयौं संघर्ष गरेर प्राप्त भएको थियो , इतिहास साक्षी छ। अब हामीले के गर्यौं त महिला मुक्ति को लागि, महिला अधिकार को लागि? मार्च आठ मा आउने त्यो एक दिन मा सहभागी हुन , दुई चार कुरा सिक्न सिकाउन पनि हामीलाई कठिन भइरहेको छ। अहिले को युगमा पनि नारि लाई घरबाट निस्कन त्यति सहज छैन कुनै न कुनै कारण बाट हामी संग भएको हामीलाई मिलेको अधिकार पनि हामीले उपयोग गर्न सकिरहेका छैनौं।

बिज्ञापन

यसको दोषी को हो त? अरूलाई मात्र दोष थुपार्न छोडेर हामी आफैं आफ्नो अधिकार लाई हतियार बनाउनु पर्छ, शुरुआत हामी आफैं गर्ने हो। आफ्नो घरमा भएको अथवा घर वरपर भएको अत्याचार र हिँसा लाई रोक्न सकियो भने भने बल्ल सही नियम मा महिला अधिकार को सदुपयोग हुनेछ । समय पहिले जस्तो छैन, जमाना फेरिएको छ, विकाश तथा परिवर्तनले तिब्र गति लिएको छ। तर पनि माहिला माथि हुने हिंसा अत्याचार को अन्त्य भएको छैन।संविधान सभा मा ३३% लागु भएको छ हाम्रो देश मा महिला राष्ट्रपति हुनुभएको छ, सभामुख हुनुभएको छ यो गौरवमय कुरो हो ।

तर अझै पनि नारी मा हुने दमन , घरेलु हिंसा , अत्याचार को अन्त्य हुन सकेको छैन।। लेख्न को लागि मात्र कुरो उठाइएको होइन, समय समय मा घटना सुन्नमा आइरहेको छ, दाइजो को कारण कति चेलीले ज्यान गुमाउनपर्ने, कति बलत्कृत हुने र ज्यान गुमाउने सुन्दै मुटु काप्ने घटना घटिरहेका छन् अझै पनि महिलालाई खिलाउना तथा कमाउने औजार सम्झने नर पिचास हरु को अन्त्य भएको छैन, यस्ता घटना बाट बच्न को लागि हामी आफैं आत्मनिर्भर हुन जरुरी छ दिदीबहनीहरु।।
जय नारि

लेखक प्रवासी नेपाली संघ भारतकी केन्द्रिय सदस्य, तथा
तमिलनाडु पुडेचेरि संयुक्त राज्य ,
महिला विभाग , अध्यक्ष हुन
बिज्ञापन
बिज्ञापन