बिश्व

भारतमा संसारकै ठुलो वुद्धको मुर्ति

बिज्ञापन

मुम्बई । भारतमा संसारकै ठुलो वुद्ध मुर्ति बन्न लागेको छ । वुद्ध नेपालमा जन्मिएका हुन भन्ने कुरा संसारलाइ थाह छ तर लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम वुद्धको सवैभन्दा लामो सुतेको मुर्ति भने भारतको वोधगयामा स्थापना भएको छ ।

वारम्वार नेपालमा नभइ भारतमा वुद्धको जन्म भएको भनेर कुप्रचार गर्ने भारतले यति ठुलो बुद्धको मुर्ति वनाएपछि संसारभर रहेका बौद्धमार्गी वोधगयामा जाने छन । यसले नेपालको लुम्विनीलाइ पनि प्रतिकुल असर पार्ने हो कि भन्ने शंका पैदा भएको छ ।

नेपालमा जन्मिएका भगवान गौतम वुद्धको भारतमा ठुलो मुर्ति निर्माण भएको छ । कपिलवस्तुमा जन्मिएका वुद्धले भारतको वोधगयामा वुद्धत्व प्राप्त गरेका थिए । शाक्यमुनि सिद्धार्थ गौतमको सुतेको अवस्थाको सवैभन्दा लामो मुर्ति निर्माण गरेर भारतले नया कीर्तिमान मात्र होइन,वौद्धमार्गीलाइ आफनो देशमा आमन्त्रण गर्ने नया सुत्र तयार पारेको छ ।

भारतको विहारमा रहेको वोधगयामा सय फिट लामो र ३० फिट अग्लो बुद्धको प्रतिमा सन २०२३को फेव्रअरीसम्ममा तयार पारिसक्ने तयारी छ । भारतीय सञ्चार माध्यामहरुका अनुसार,यो वुद्ध मुर्ति तिव्र गतिमा निर्माण सम्पन्न हुने गतिमा छ ।

बिज्ञापन

नेपालसंग सिमा जोडिएको भारतको विहार राज्यमा रहेको वोधगयामा संसारभरका बौद्धमार्गी आउने गर्दछन ।बोधगयामा हरेक बर्ष १ लाख भन्दा बढी वौद्धमार्गी र अन्य पर्यटक आउने गर्दछन । बुद्धको यति ठुलो मुर्ति वनेपछि पर्यटकको संख्या अझ वृद्धि हुने अनुमान छ ।

नेपालको लुम्विनीमा वुद्ध जन्मिएपनि संसारभर फैलिएका वौद्धमार्गीलाइ आफनो देशमा भित्रयाएर पर्यटन मार्फत आम्दानी गर्ने भारतको सोच रहेको छ । भारतका कैयौं पाठयपुस्तकमा व्ुद्ध भारतमा जन्मिएको भनेर भ्रामक प्रचार गरेको समेत पाइएको छ ।

लुम्विनीमा वुद्ध जन्मिएको भनेर नेपालले राम्रोसंग प्रचार नगर्दा भारतले यसको फाइदा उठाउने गरेको छ । भारतको वोधगयामा जस्तै थाइल्याण्डमा पनि सुतेको वुद्धको मुर्ति छ । नेपालमा वुद्ध जन्मिएपनि चिन,म्यानमार,भारत,मंगोलिया,थाइल्ण्ड जस्ता देशमा ठुलो मात्रामा वौद्ध धर्म मान्नेमानिस रहेका छन ।

बिज्ञापन
बिज्ञापन