स्वास्थ तथा सरसफाइ

कोरोना जोखिम : नेपालमा देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’

बिज्ञापन

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ ।

बिज्ञापन

देशका विभिन्न भागबाट साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको छ । कोभिड-१९ को संक्रमण बढेको देखिएको छ । दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुन्छ ।

यस्तो बेला कोभिड-१९ तीव्र गतिमा फैलिने सम्भावना उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

बिज्ञापन