राष्ट्रिय समाचार

गृहमन्त्रीको विप्लवलक्षित चेतावनी- निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन

बिज्ञापन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका छन् । वुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।

वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उनको भनाई छ । गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने बताए । उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने कार्यमा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद दिए ।

विप्लवको माओवादीको हालै सम्पन्न महाधिवेशनबाट आगामी निर्वाचन वहिष्कार गर्ने अभियान चलाउने घोषणा गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन