विज्ञापन

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको बताए ।
विज्ञापन

कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी-८ सिम्पानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ-३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । तीनैजनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ