विज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि दुईजनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । त्यस्तै नेकपा एमाले नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् ।
रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन् । बझाङबाट निर्वाचित भण्डारीको प्रस्तावक एमालेकी जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल रहेकी छन् ।
विज्ञापन

५३ जना सांसद रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।
विज्ञापन

अन्य समाचारहरु
भूकम्पले बाजुरामा ठुलो भौतिक क्षति
भूकम्प प्रभावितको उद्धारमा लाग्न मुख्यमन्त्री रावलको निर्देशन
‘सुदूरपश्चिमको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन’