घटना समाचार

घरमा १० लाखको ढोका राख्ने डिएसपी अख्तियारको फन्दामा

बिज्ञापन

काठमाडौं । व्यवसायीको सुन गायब बनाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको छ । प्रहरी प्रधान कार्यालयले नै उनीमाथि भ्रष्टाचार सम्बन्धि कसुरमा छानबिन गर्न सिफारिस गरेको छ । प्रारम्भिक छानबिनमा उनले गलत नियतले सुन राखेको पाइएपछि भ्रष्टाचारसम्बन्धि कसुर आकर्षित भएको हो ।

एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन टोलीले गत साता प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको बदनियत देखिएको निष्कर्ष निकालेको थियो । समितिले उनीमाथि विभागीय मात्र नभई कानूनी कारबाही र्न गर्नुपर्नै औंल्याएको थियो । सोही आधारमा प्रतिवेदनसहित प्रहरी प्रधान कार्यालयले आयोगलाई पत्राचार गरेको छ ।


गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखी डिएसपी आफैँले राख्दै आएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उनले बुटवलकै एक पसलेको सो सुन तस्करीको आरोपमा बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिएमा सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा आफैँसँग राखेकाले उनको बदनियत देखिएको छानबिनको निष्कर्ष छ ।

१३ पुसदेखि नै डिएसपी केसी हाल निलम्बनमा छन् । उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि नै छानबिन गरिरहेको स्रोत बताउँछछ । आयोगको छानबिनका क्रममा श्रीमतीको बैंक खातामार्फत समेत उनले शंकास्पद कारोबार गरेको पाइएको छ । उनको तीनवटा घर भेटिएको र सम्पत्तिउपर समेत छानबिन चलिरहेको आयोगका एक अधिकारीले बताए । पोखराको घरमा उनले १० लाख रुपैयाँ ढोका राखेको विषय आफन्तमा चर्चामा छ । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको आडमा उनले बुटवलमा असुली आतंक मच्चाएका थिए ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन