काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
विज्ञापन

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै दुई महिना पुग्न लागेको छ । कांग्रेसमा आकांक्षी बढी हुँदा मन्त्री बन्नेको नाम टुंगो लगाउन सकस परेको छ ।
विज्ञापन

अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा