राजनीति

मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनबीचको महासंग्राम : प्रचण्ड

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर चार गते हुने निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बाएका छन् ।

बिज्ञापन

सोमबार सत्ता गठबन्धनको बागमतीस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको बताए । 

उनले भने, ‘मंसिर चार गते एउटा ठूलो संग्राम हुँदैछ । लोकतन्त्रमा निर्वाचन आउँछन् जान्छन् र प्रत्येक निर्वाचनमा एउटा खास इसु प्रमुख भएको आएको हुन्छ । एउटा राजनीतिक इसुमा बहस हुन्छ । त्यसैबीच संघर्ष चलिरहेको हुन्छ । अहिलेको निर्वाचन पनि अग्रगमन र प्रतिगमनका बीचको  संघर्षकाे रुपमा आएको छ ।’

उनले ‘गोरुगाढावालाहरू कहिल्यै नसुध्रिने’ भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे । उनले भने- ‘हामीलाई लागेको थियो संविधानसभा भएपछि, संविधानसभाबाट संघीयत लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेपछि, समावेशी र समानुपातिक चरित्रको लोकतन्त्र हामीले स्थापना गरिसकेपछि हिजोको गोरुगाढावालाहरू पनि बदलिए होलान् भनेका थियौँ, संविधानमा हस्ताक्षर गरेपछि त अब उनीहरु प्रतिगमन, प्रतिक्रान्ति, निरंकुशता, अराजकतातिर जाँदैनन् होला भन्ने ठान्यो तर त्यो धोका बेइमानी रैछ ।’

अध्यक्ष प्रचण्डले वाम गठबन्धन र कम्युनिष्ट एकता गर्दा ओलीले धोका दिएको आरोप लगाए । उनले भने, ‘जतिबेला हामीले वाम गठबन्धन र कम्युनिष्ट एकता गर्यौँ त्यतिबेला पो हामीले प्रत्यक्ष बेइमानी रहेछ भन्ने थाहा पायौँ । उनीहरूको भित्री मनसाय त फेरि निरंकुशता कायम  गर्ने र यो देशलाई प्रतिगमनतिर लैजाने र नेपालमा फेरि पनि सामन्तवादलाई नै स्थापित गर्ने रहेछ भन्ने बुज्यौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको प्रचण्डले अहिले पनि १२ बुँदे पक्षधरहरू एकठाँउमा भएको बताए । उनले भने, ‘हिजोको हामी १२ बुँदेको पक्षधर अहिले पनि एकैठाउँमा छौँ । १२ बुँदेमा एमालेबाट माधवकुमार नेपालले, कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ । अहिले हामी एकैठाउँमा छौँ । गोरु गोरूगाढा वालाहरु  प्रतिगमनतिरै, प्रतिक्रान्तितिरै र अराजकतातिरै देशलाई लैजाने प्रयासमा छन् ।’

बिज्ञापन