मनोरञ्न

प्रेम गीत–३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड रुपैयाँ

बिज्ञापन

मुम्बई । प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।
सीमित शोका बाबजुद प्रेम गीत–३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ । चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक !
यो चलचित्रले शुक्रबारदेखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ ।
नेपालमा हाल यस चलचित्रको नेपाली संस्करण प्रदर्शनमा छ भने निर्माण पक्षले यस अघिनै नेपालमा पनि हिन्दी संस्करण रिलिज गर्ने घोषणा गरिसकेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ ।
यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गित ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो । इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न भने सकेको छैन यस्तो अवस्थामा फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।

बिज्ञापन
बिज्ञापन