घटना समाचार

झण्डै ४२ लाख हुण्डीको रकमसहित २ नागरिक पक्राउ

बिज्ञापन

करीब ४२ लाख रुपैयाँ हुण्डीको रकमसहित २ नागरिक पक्राउ परेका छन् । 

प्रहरीको टोलीले ४१ लाख ९१ हजार रुपैयाँ हुण्डी रकमसहित मंगलवार भारतीय नागरिक नविन गोयल र कपिलवस्तुका उमेश महेश्वरीलाई पक्राउ गरेको हो । 

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई काठमाडौंको ढल्कुबाट हुण्डीको रकमसहित पक्राउ गरिएको हो । 

उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

बिज्ञापन

काठमाडौं‌ जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन म्याद थप गरि हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ ।

बिज्ञापन
बिज्ञापन