खेलकुद

इङल्याण्ड आईसीसी टी- २० को सेमिफाइनलमा

बिज्ञापन

एजेन्सी । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको हो ।

श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १९ ओभर ४ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

यससँगै घरेलु टोली अष्ट्रेलिया भने सेमिफाइनलमा पुग्न वञ्चित भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डसँग बराबरी अंक हात पारे पनि नेट रनरेटको आधारमा अष्ट्रेलिया पछि परेको हो ।

बिज्ञापन
बिज्ञापन