बिश्व

उत्तर प्रदेशमा आदित्यनाथ दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दै

बिज्ञापन

लखनऊ । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् ।

आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने छन् । सपथ ग्रहण समारोहमा ७० हजार भन्दा बढी मानिसहरु भेला हुने अनुमान गरिएको छ ।

शपथ ग्रहण समारोहस्थल वरपर सातवटा घुम्ती शौचालयका साथै भीआईपीहरुका लागि तीनवटा अस्थायी हेलिप्याड समेत निर्माण गरिएको छ । प्रदेशको इतिहासमा एकैदिन राजधानी लखनउमा यति धेरै भीआईपी मुभमेन्ट हुन लागेको पहिलोपटक भनिएको छ ।

त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन