विज्ञापन

अछाम । अछाममा विषादी खाएर आत्महत्याको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका प्रदीप लुहारको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।
२१ वर्षीय प्रदीपलाई बान्ता हुन थालेपछि आइतबार साँझ करिब ५ बजेतिर बयालपाटा अस्पताल लगिएको थियो ।
विज्ञापन

उपचारका क्रममा प्रदीपले आफुले विषादी खाएको बताएपछि उनले आत्महत्याको प्रयास गरेको खुलासा भएको थियो ।
आफन्तहरूका अनुसार प्रतिपले आइतबार दिउसै विषादी खाएका थिए । अस्पतालमा उपचारका क्रममा स्वास्थ्यकर्मीलाई उनले आफूले दिउसो १ बजेतिर विषादी खाएको बताएका थिए ।
उपचारका लागी बयालपाटा अस्पतालमा भर्ना भएका उनको सोमवार बिहान ५ बजे तिर निधन भएको अस्पतालले बताएको छ ।
विज्ञापन

अन्य समाचारहरु
बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते
प्रहरीको गोली प्रहारबाट उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
सहिदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान