लेख

नेकपा जनले बुझेको हुनुपर्छ एकताको मर्म

बिज्ञापन

नेकपाबाहिरको व्यक्ति वा शक्तिले नबुझ्ला ! नेकपा जनले बुझेको हुनुपर्छ ।

बिज्ञापन

भारत प्रवासमा रहेर प्रवासी नेपाली संघ भारतका पुर्व महासचिव रहदै प्रवासको बसाइलाई बिट मार्दै स्वदेश फर्केका
अनलाइन पत्रकारिता र सामाजिक सञ्जालमा लेखिरहने पथरी, माेरङ निवासी युवराज बास्काेटा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा लेख्छन्

साँच्चो कुरा के हो भने–

१) पूर्ववर्ती एमाले–माओवादीबीचको एकता प्रक्रियाको एउटा मियो नेता केपी शर्मा ओली हो भने अर्को मियो नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो । दुबै नेताको आ–आफ्नै अहम् योगदान र अग्रणी भूमिका छ । यसको प्रतिफलस्वरुप नेकपा निर्माण भएको छ । अहिलेसम्म निर्माण प्रक्रिया टुंगिएको छैन । यसबीचमा कुनै एकको विकल्प अर्को हुन सक्दैन । कोही पनि निर्विकल्प नेता हुन सक्दैन । कि के हो ? म कुरा बुझ्दिनँ ।

२c राजनीतिक बैचारिक मतभेदको अन्तिम टुंगो लाग्ने थलो– महाधिवेशन हो । बहस र छलफलको महाधिवेशनकक्षमा हामी पुग्न सकिरहेको छैन । पुग्ने काम र कोर्स बाँकी छ । पुग्न अनिवार्य छ । अन्तरसंगठनात्मक जीवनमा अहिले नै परस्पर अविश्वास, वैरभाव, अन्यमनस्कता, तिक्तता, कटुता, आरोप–प्रत्यारोप आदि पोख्ने बेला होइन । यसले हाम्रो एकतालाई खँदिलो बनाउन सक्दैन । संगठित कम्युनिष्ट आन्दोलन र यसको उपस्थितिविरुद्ध सक्रिय केही आन्तरिक र बाह्यशक्तिलाई एकोहोरो मद्दत मात्र पुग्छ ।

) हामी अलगथलग हुँदा हाम्रो आ–आफ्नो अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनको हविगत के थियो ? आज झण्डै दुई तिहाई नजिक प्राप्त जनमतको आँखाले होइन, हिजो संगठन, सडक र संघर्षमा हुँदाका आँखाले हेर्नुपर्छ । विभिन्न बेलामा मिचिँदै, डसिँदै, हेपिँदै र कैयौं हेपाइलाई सहँदै कहिले काङ्ग्रेस र कहिले राप्रपालगायतको शक्तिसँग सहकार्य गर्नुपरेको वाध्यकारी अवस्था के थियो ? सुक्ष्म ढंगले अध्ययन गरिनुपर्छ ।

) सम्पन्न संघीय निर्वाचनमा नेकपा र नेकपाको तर्फबाट अघि सारिएका बामगठबन्धनका साझा उम्मेदवारले पाएको मत भनेको ऐतिहासिक संविधानसभामार्फत संविधान जारी गर्नमा तात्कालीन नेकपा (एमाले) को तर्फबाट अध्यक्षका हैसियतले नेता केपी शर्मा ओलीले खेल्नुभएको भूमिका, प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा मुर्छित अवस्थाबाट ब्यूँतिएका कैयौं आशा, अपेक्षा, महत्त्वाकांक्षा र सपनाहरू, भारतीय पक्षको अनुचित् बेलामा अनुचित् नाकाबन्दीविरुद्ध उहाँको दृढ अडान आदिको प्रतिफल र समुच्य परिणाम हो कि होइन ? हृदयांगम गर्नुपर्छ ।

५) ठीकै हो– नेकपाको विकल्प नेकपा नै हो । राजनीतिक वस्तुस्थिति प्रतिकूल छैन, अनुकूल नै छ । उतारचढाव केही छैन । नेकपाले चाह्यो भने जे पनि गर्न सक्ने अवस्था छ । यसको अभिभावकीय भूमिकामा मूलतः ४/५ जना नेतृत्व अहोरात्र क्रियाशील छ । योगदान र योग्यताका कारण उहाँहरू समान र समकालीन हुनुहुन्छ । उहाँहरू माझ एउटाको विकल्प अर्को कसरी हुन सक्छ ? कुन मनाशयले काम गरेको छ ? आवश्यकता के हो ? अध्ययन गरिनु पर्छ ।

६) नेकपाले प्राप्त गरेको जनमत जनयुद्ध र जनान्दोलनबाट स्थापित जनादेशहरू पूरा गर्न, देशमा राजनीतिक स्थायित्व कायम गर्न, नेकपाको अगुवाइमा प्राप्त गरेको राजनीतिक उपलब्धीहरू बचाउन, यसको संस्थागत विकासक्रममा प्राप्त संघीय गणतन्त्रात्मक संविधानको कार्यान्वयन गर्न र समाजवाद उन्मुख आर्थिक विकास र सामाजिक–सांस्कृतिक जीवनको रुपान्तरण होइन ? यतिखेर कोरोना भाइरसको महामारी नियन्त्रण पहिलो र अपरिहार्य शर्त होइन ? अहिले नेतृत्व फेरबदलको प्रयासले तल–तलसम्म उब्जने प्रश्नहरूको उत्तर दिन सक्छ ? जिम्मेवार सबैले गम्भीरतापूर्वक सोच्न र कार्यान्वयनमा लिन अनिवार्य छ । नत्र, हामी नेकपाजनलाई अँध्यारो सुरुङभित्र जानबाट कसैले रोक्न सक्दैन । यसबेला हाम्रा आ–आफ्ना नाङ्ले पसलबाट केही बिक्नेवाला छैन । ग्राहकले हामीलाई वास्तै नगरी उपस्थित हुने अर्को विकल्प चाहर्ने छन् । त्यो दिन नआओस् !
सबैप्रति उँचो सद्भाव समर्पित अपेक्षा सहित अन्तर्राष्ट्रिय श्रमिक दिवस– मे १ को अवसरमा हार्दिक शुभकामना !

बिज्ञापन

Leave a Reply