घटना समाचार

ताप्लेजुङकाे मैवाखाेलामा ट्याक्टर दुर्घटना, ४ जनाकाे मृत्यु

बिज्ञापन

ताप्लेजुङ । ताप्लेजुङकाे मैवाखाेला गाउँपालिका ४ मा ट्याक्टर दुर्ङटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ ।

बिज्ञापन

गएराती याम्फेवा खाेला छेउमा भएकाे दुर्घटनामा चारै जनाकाे घटनास्थलमै मृत्यु भएकाे गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए । तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टरमा सवार चारै जनाकाे मृत्यु भएको ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए ।
ज्यान गुमाउनेमा चालक मैवाखोला–५ काम्साङका ३१ वर्षीय पासाङ शेर्पा, उनका भाई २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षीया सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षीया लाकी शेर्पा रहेको प्रहरीले जनाएको छ ।

विस्तृत जिवरण आउन बाँकी भने छ ।

बिज्ञापन