खेलकुद

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा

बिज्ञापन

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने भएको छ ।

बिज्ञापन

बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । यद्यपि अब सिधै आयोजक तोक्ने भन्दा पनि बिडिङ सिस्टमबाट आयोजक तय गर्नुपर्ने विषयमा पनि छलफल भएको भण्डारीले बताए ।

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिनेछ ।

बिज्ञापन