घटना समाचारप्रवास

टीकापुर अस्पतालका अध्यक्ष रावलका बुबाको निधन ।

बिज्ञापन

टीकापुर ३० भाद्र
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक बुबाको निधन भएको छ ।

बिज्ञापन

रावलका बुवा भारतको राजकोटमा उपचारका क्रममा रहेको अवस्थामा मंगलबार निधन भएको हो । विगत १० वर्ष देखि मृगौला रोगबाट पिडित रहेका निर्प रावल डाइग्लोसिस गराइराउदै गर्नु भएको थियो ।

उक्त दु:खद घटना लाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा टीकापुर नगर कमिटी नगर सचिवालय सदस्य तथा टीकापुर अस्तपातलका अध्यक्ष दिपक रावलका बुबाको निधनमा शोक व्यक्त जारी गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै पार्टीले रावलका पिता नृपबहादुर रावलको उपचारका क्रममा आज भारतको राजकोटमा ५४ वर्षको उमेरमा निधन भएकोमा शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति चिर शान्तिको कामना गरेको छ ।

विज्ञप्तीमा नगर अध्यक्ष खडक शाह र नगर सचिव खडकबहादुर साउदद्धारा हस्ताक्षर गरिएकोछ ।

बिज्ञापन

Leave a Reply