घटना समाचार

कैलालीको टीकापुरमा लागुऔषधसहित एक जना पक्राउ

बिज्ञापन

टीकापु । कैलालीमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बल्क नम्बर ११ बाट २२ बर्षीय शिशिर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन।

बिज्ञापन

सडकमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ पोकामा ११० मिलिग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा राखेर अनुसन्धान भइरहेको छ।

बिज्ञापन