राष्ट्रिय समाचार

नेपाली मूलकी सह्राना श्रेष्ठ न्युयोर्क राज्य विधानसभाको सदस्यमा निर्वाचित

बिज्ञापन

काठमाडौं । नेपाली मूलकी सराहना श्रेष्ठ न्युयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् ।

बिज्ञापन

मंगलबार भएको विधान सभा सदस्यको निर्वाचनमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई पराजित गरेकी हुन् । उनले ३५ हजार ४९३ मत पाएकी थिइन् ।

डेमोक्रयाटबाट उम्मेदवार उनको विजयसँगै अमेरिकामा अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् ।

तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् । न्युयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।

बिज्ञापन