क्वारेन्टाइन मै जन्मियो छोरा

अछाम १६ जेठ बिश्व कोरोना भाइरसले त्रास भएको बेला मेल्लेख गाँउपालिका वडा नं. ३ को नवदुर्गा अाधारभुत बिद्यालयको क्वारेन्टाइनमा रहेका एक जना महिलाले भने शिशु लाई जन्मदिएकी छ्न।
जेठ१३ गते देखी भारतको दिल्लीबाट अाएका दत्तया नेपालीकी श्रीमती बर्ष २६ कि सुना नेपालीले अाज विहान नौ बजेर आठ मिनेटमा छोरा लाई जन्म दिएकी छन।

यसरी जन्मेको बालकको तौल ३किलो ५००ग्राम छ ।ठाँटी स्वास्थ्य चौकी अनमी सम्झना सिंहले क्वारेन्टाइनमा भएकी सुत्केरी लाई चिकित्सक सेवा दिएकि हुन ।अहिले अामा र बच्चालाई सुरक्षित एकान्तवासमा राखेको कुरा वडा स्वास्थ इन्चार्ज नरेन्द्र शाहीले मालिका समाचार लाई बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
