घटना

पत्रकार बानियाँ मृत भेटिए ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २८ साउन सोमबार बाट २६ साउन देखि हराएका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।

सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो।

बिज्ञापन

परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो

महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै भने–‘उहाँको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता हुन् ।

हाम्रो कालापानी अन्लाईन बाट साभार

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply