सहयोग तथा उदार

स्मृति दिवसमा बिधालय लाई दराज सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिनांक श्रावण ३० गतेका दिन टिनपा ९ रोहिनीबोझी एकता नगर निवासी दिवंगत मोहन देवकर ज्युको छैटौं स्मृति दिवसको अवसरमा मोहन रणसिंह देवकर स्मृति प्रतिष्ठान द्वारा टिनपा ९ खक्रौला स्थित श्री भानुभक्त राष्ट्रिय अाधारभुत विद्यालयमा सहयोग स्वरुप दराज हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

दि . मोहन देवकर ज्युकि श्रीमती विरमा देवकरको सभापतित्वमा भएको कार्यक्रमको संचालन शिक्षक गोपि धामी ज्युले गर्नु भएको थियो । दि. मोहन देवकर ज्यु प्रति एक मिनेट मौन धारणबाट सुरु गरिएको कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिव उहांका जेठा छोरा सुरेन्द्र देवकर ज्युले कार्यक्रममा सहभागी सबै प्रति अाभार प्रकट गर्दै , परिवार द्वारा निर्माण गरिएको प्रतिष्ठानले अन्य कतैबाट सहयोग नलिई अाफ्नै अाम्दानीबाट प्रत्येक वर्ष बुवाको सम्झनामा शिक्षा वा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै अाएको र अागामी दिनमा पनि निरंतर सहयोग गर्दै रहने जानकारी गराउनु भएको थियोे। . कार्यक्रममा नेकपा टिनपा वडा नं ९ का पार्टीअध्यक्ष कृष्णगोपाल चौधरी , जन प्रतिनिधि – वडा सदस्य भरत साउंद , दिलु विक , प्रअ माया साउंद , शिअस अध्यक्ष कमला कोईराला , समाजसेवि ईन्दल गोडिया , अमर चौधरि , मंगल चौधरी , प्रेम ठकुल्ला , लगायत विद्यालय व्यवस्थापन समिति सदस्य , शिअस सदस्य , शिक्षक , शिक्षिका लगायत देवकर परिवारको सहभागिता रहेको थियो अतिथिहरुले श्रद्धाञ्जली मंतव्य राख्ने क्रममा यो सहयोगले समाजमा प्रेरणा दिएको कुरामा जोड दिएका थिए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply