अवर्गीकृत

जनकल्याणलाई नविनतम प्रविधि उपयोग पुरस्कार कार्यलयमा दिप प्रज्वलित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३२ साउन

कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘नविनतम प्रविधि उपयोग’ पुरस्कार प्राप्त गरेको छ । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३३ औं स्थापना दिवसको अवसरमा फिल्ड कार्यालय महेन्द्रनगर अन्तरगतका सदस्य संस्थाहरुमध्ये जनकल्याणलाई सो पुरस्कार प्रदान गरिएको हो ।

बिज्ञापन

देशभर ४ हजार प्रारम्भिक सहकारी संस्थाहरु सदस्य रहेको नेफ्स्कुनले वर्षेनी विभिन्न विधामा उत्कृष्टता हासिल गरेका आफ्ना सदस्य संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । जनकल्याणसँगै सुदूरपश्चिमभरीमा एक तथा फिल्ड कार्यालय अन्तरगत ३ संस्था पुरस्कृत भएको नेफ्स्कुन फिल्ड कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

जसमा उत्कृष्ट कारोबार तर्फ सृजना बचत तथा ऋण सहकारी संस्था महाकाली कञ्चनपुर, बचत कारोबार तर्फ जनता बचत तथा ऋण सहकारी भिमदत्त नगरपालिका कञ्चनपुर तथा उत्कृष्ट ऋणी तर्फ घोडाघोडी जनप्रिया बचत तथा ऋण सहकारी कैलाली रहेका छन् ।

स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश स्तरिय उत्कृष्ट साकोस सम्मान विधामा जनज्योति साकोस कञ्चनपुर सम्मानित भएको छ । संघको फिल्ड कार्यालय महेन्द्रनगरमा नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक तारा लामा तामाङ प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रम फिल्ड कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख विष्णु जोशिले संचालन गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply