घटना

राष्ट्रिय झण्डा जलाउने युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

उत्सृखल भिडियो बनाइ राष्ट्रिय झण्डा जलाउने युवक पक्राउ परेका छन् । राष्ट्रिय झण्डा जलाएर त्यसलाई भिडियो बनाएर सार्वजनिक गर्ने इजास लिम्बु पक्राउ परेका हुन् ।

लिम्बुलाई काठमाडौं बाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका लिम्बू क्यामेरा पर्सन रहेको समेत खुलेको छ ।

बिज्ञापन

लिम्बूसहितको समूहले देशद्रोही नामको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेर त्यसलाई सार्वजनिक गरेका थिए । भिडियोका गायक गेल्जङ दोर्जे तामाङ लगायतको खोजी जारी रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply