नेपालमा थप २ हजार २० जनामा कोरोना संक्रमित , ७ जनाको मृत्यु

असोज , २
नेपालमा हालसम्मकै उच्छ कोरोना संक्रमित देखिएका छन । पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रवत्ता डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ८ सय ७१ जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुत्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ३ सय ९ पुगेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
