राजनीति

महाधिवेशन गर्न फागुनमै सकिन्छ , भने रामचन्द्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,५
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुनमै १४ औ महाधिवेशन गर्नुपर्ने बताएका छन ।


पाँच महिनामा महाधिवेशनका लागि तयारी गर्न सकिने उल्लेख गर्ने समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन।

बिज्ञापन


पौडेलले महासमिति बैठकमा सुनौलो भविष्यका लागि समयवद काम गर्नुपर्ने लिखित प्रस्ताव नै पेश गरेका हुन ।


यस्तै बाकि रहेको पाँच महिना अवधिलाई सदुपयोग गरि समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो । सोमबार विज्ञप्ति निकालेर पौडेलले भनेका छन , त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विषेश महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो आशय हो ।


१३ औ महाधिवेशनकै कियाशील सदस्यबाट नयाँ महाधिवेशन गर्न सकिन्छ भन्ने विकल्प प्रस्तुत गरेपछि पौडेलको आलोचना भएको थियो ।


कांग्रेस सभापती शेरबहादुर देउवा नेतूत्वको कार्यसमितिको चार वर्ष नियमित कार्यकाल गत वर्ष फागुनमा सकिएको हो । देउवाले विधानअनुसार केन्द्रीय समितिबाट निर्णय गरी फागुन १९ सम्मका लागि म्याद थपेका छन ।


नेता पौडेलले भने एक महिनामा सकिने समायोजनका काम पनि वर्षदिनसम्म नसकेर महाधिवेशन टार्न खोजिएको आशंका पनि गरेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply