स्वास्थ तथा सरसफाइ

प्रत्येक अस्पतालमा कोभिड बिमारीलाई सहज उपचारको व्यवस्था, मिलाउन सुझाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,८
कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा कोभिड बिमारीहरुको सहज तरीकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिइएको छ ।


संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ का सन्दर्भमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्ने गठित उपसमितिले यस्तो सुझाव दिएको हो ।

बिज्ञापन


यस्तै उपसमिति संयोजक जीवनराम श्रेष्ठले प्रतिवेदन बुझाउदै कोभिड बाहेकका अन्य रोगका विरामीहरुले सहज उपचार सेवा पाउन नसकेको बताए ।


उपसमितिले पिसिआर रिपोर्ट तत्काल प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ ।


संक्रमितको हकमा छिटो रिपोर्ट दिने प्रभाकारी संयन्त्र निर्माण गर्न पनि उपसमिति सुझाव दिइएको छ ।


यस्तै लकडाउन ।र निषेधाज्ञा भन्दा पनि कोरोना रोकथामका लागि जारी भएका मापदण्डहरु पालना गराउने जनचेतना बढाउने विषयलाई प्रराथमिकता दिनुपर्ने सुझाव उपसमितिले दिएको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply