घटना

जीप दुर्घटनाबाट १ बालकको मृत्यु ,२ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,१६
बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ , भने २ जना घाइते भएका छ्न ।


बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाटया स्थानमा फलासैनीबाट आइरहेको से १ज ११८० नम्बरको जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्यीय बालक प्रीन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन


सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा २ जना घाइते भएको जनाएको छ।


यस्तै , घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४का २५ वर्यीय कमलबहादुर नेपाली र सोही ठाउँका २४ वर्यीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।


अहिले उनिहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।भने जीप र चालकलाई प्रहरी चौकी बार्जुगाडाले नियन्त्रणमा लिएको बताएको छ।


जीप दुर्घटना के कारणले भएको हो भने अनुसन्धान भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply