जिप दुर्घटनाबाट एक जनाको मृत्यु

कार्तिक ,२३
बैतडीमा जिप दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ।
दोगडाकेदार गाउँपालिका वडा नम्बर -२ सिल्लेगडाबाट कफलकोटतर्फ जाँदै गरेको ग १ज ५१९२ नम्बरको जिप शनिवार साझँ दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका २ कफलकोटका ३३ वर्यीय बीरबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उक्त जिपमा दुई जना मात्र सवार रहेको प्रहरीले बताएको छ।यस्तैगरि दुर्घटनामा परी दोगडाकेदार गाउँपालिकाका – ३ श्रीकोटका जिप चालक दीपक चन्द सामान्य घाइते भएका छ्न ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरी जानकारी दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
