Uncategorized

हुम्लाको सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ

बिज्ञापन


पुष ,१९
हुम्लाको सदरमुकामको सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरेरहेका विद्यार्थीलाई बढी समस्या बढीरहेको छ ।

बिज्ञापन

लोडसेडिङले आउने जेठमा एइईमा तयारी गर्नका लागि सिमकोटमा टियुसन पढन आएका विद्यार्थीसहीत सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।

जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यालयको पठनपाठनमा पनि प्रभावित परेको छ।

कोरोना संक्रमितको त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समयमा लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालिइएका छ्न । हिउदे टियुसनको भरमा एसइईको तयारी गरिरहेका हुम्ला जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ।

यस्तैगरी दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कर्यालयको प्रशासनिक व्यापार व्यवसाय पनि प्रभावित बनाएको छ।

हिल्दुम साना जलविद्युत आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरिएको नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

यस्तो , लोडसेडिङले सदरमुकाम सिमकोट ,खार्पुनाथ गाउँपालिकामा संचालित इलेक्ट्रोनिक पसल व्यसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।

दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालिएपछी सिमकोटमा दाउराको माग बढेको छ। एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ।

बिज्ञापन

Leave a Reply