स्वास्थ तथा सरसफाइ

भारत – नेपाल उडानमा दुईपटक पिसिआर

बिज्ञापन

पुष ,२१
पुसदेखि खुल्ला गरिएको भारत – नेपाल उडानमा एकै दिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने विन्दु ) बाट पनि पिसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किदा भारत बाट पनि पिसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ।

बिज्ञापन

नेपालबाट ७२ घण्टाको पिसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किदा भारतबाट पिसीआर गर्नुपर्ने भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पिसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकै दिनमा फर्किने यात्रुलाई विमानस्थलबाट छोडन नसकिने जनाएको छ।यस विषयमा सीसीएमसीमा पनि छलफल भएको थियो ।

एउटै पिसीआरका आधारमा छाडन नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको पर्यटन मन्त्रालयका एक सहसचिवले जानकारी दिए ।

नेपाल वायुसेवा निगमले एकै दिनमा फर्किने यात्रुलाई नेपालकै पिसीआरबाट छाड्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

यसरी पछिल्लोपटक नेपालबाट भारत पुगेर फर्किएका नेपाली यात्रुलाई होटल क्वारेन्टाइनमा बसाइएपछि निगमले यस विषयमा चासो राखेर मन्त्रालयलाई पत्र पठाएको थियो । तर मन्त्रालयले यो नेपाल र भारतबीच एयर बबल अवधारणामा सुरु भएको उडान भएकाले सीसीएमसीमा पठाएको हो  ।

यस्तैगरी , हाल नेपाल भारतका लागि दैनिक दुवै देशका वायुसेवाले दैनिक दुइटा उडान गर्दै आएका छन् । यी उडानमा दुवै देशका नागरिकबाहेक तेस्रो मुलुकका यात्रुलाई पनि रोक लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालबाट पीसीआर नेगेटिभ भएर गएकाहरू पुनः संक्रमित भएर आउन सक्ने सम्भावना भएकाले त्यहाँबाट पनि ७२ घण्टासम्मको पीसीआर रिपोर्ट अनिवार्य चाहिने बताएका थिए ।

बिज्ञापन

Leave a Reply