अवर्गीकृत

राष्ट्रपति कि छोरिले झाक्री लाई गरिन प्रश्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालमा थुप्रै राजनीति उतार चाढाव भए संगै महिला घरको चुलो चौको ,ढिकी जातो ,घास दाउरा ,मा मात्रै सिमित हुने कुनैयंत्र पुरुष सरह हरेक जिम्मेवारी बोध गर्दै सभ्य समाज निर्माण संगै सक्षम नेतृत्व बन्नसक्छन् भन्ने उदाहरण पहिलो महिला राष्ट्रपति विद्या देवी भन्डारी ले न पुष्टि गर्नु भएको छ। उहाँको व्याक्तिगत जीवन कति कष्टकर र पिडादायी रहयो भन्ने बिश्वले जानेको छ के हि अज्ञानि हरुले पछिल्लो समय बोलेका असभ्य सब्द हरुले मन पिरोल्दा उहाँकि छोरी उषाकिरणले सामाजिक संजालमा पोस्ट गरेका सब्द हरु जस्ताको तस्तै यहाँ राखेका छौ।

मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।
मेरो momको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र neo अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, momले phoneमा भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु!? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो।momले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ।
१ महिना अघि मैले यहीं ( facebookमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो crimeले झन ठुलो रूप लिन्छ- एक महीना नबित्तदै त्यही भयो।
यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर!
३) तपाईं communist schoolingको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले daddyलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो!? हामी ९/१० वर्षको ले बुझयौं उहाँ tragedy संग copeगर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठुलो मान्छे भएर यति बुझनु भएन!!? तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा- उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो!? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career महत्वकांछा हो भने- ठाउॅं साटौं – तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस
झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply