स्वास्थ तथा सरसफाइ

खानेपानी तथा स्वच्छता सम्बन्धि सुआरा कार्यक्रम सम्पन्न

बिज्ञापन

चैत १० टीकापुर
फाया नेपाद्वारा संचालित दोस्रो सुआरा कार्यक्रम अन्तरगत टीकापुर नगरपालिकाको सभा कक्षमा एक दिवसीय खानेपानी तथा स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

सार्वजनिक तथा निजि क्षेत्रको सहकार्य र समन्वय गर्दै पुर्ण सरसफाइको अभियानलाई नेपाल सरकारको लक्ष अनुसार पुरा गर्न सबै क्षेत्रले हातेमालो गरौ भन्ने सन्देश दिदै कार्यक्रम सम्पन्न भएको थियोे ।

पालीका र निजि क्षेत्र बीच खानेपानी सरसफाइ सरसफाइ र स्वच्छता सामाग्री विषयमा टीकापुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा कैलाली जिल्लाका जोशीपुर गाउपालीका ,भजनी नगरपालिका ,वर्दगोरिया गाउँपालीका ,जानकी गाउपालीका ,टीकापुर नगरपालिका लगायत ५वटा पालीका हरुका स्वास्थ शाखा पालीका प्रमुख तथा खानेपानी ,स्वच्छताका सरोकार वाला हरु तथा नेपाल वायोसेन्टर उद्योगी लक्षित कार्यक्रममा रहेको भएपनि जोसिपुर गाउँपालीका बाट कोहि उपस्थित नरहेपछि जोशीपुर बाहेक टीकापुर लगायत ४ पालीकाका सम्बन्धित बिषयका सरोकारवाला हरु माझ अन्तरक्रिया कार्यक्रम भएको हो।

नेपाल वायोसेन्टर उद्योगी सहितको उपस्थिति रहेको सोअन्तरक्रिया कार्यक्रमको अध्यक्षता टीकापुर नगरपालिका का उपप्रमुख केशरी बिष्ट रावलले गर्नु भएको थियो भने प्रमुख अतिथि जानकी गाउँपालीका अध्यक्ष प्रदीप कुमार चौधरी रहनु भएको थियो ।

अतिथि हरुमा टीकापुर नगरपालिका वडानम्बर १का अध्यक्ष गंगाराम आचार्य ,टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मन प्रसाद अर्याल रहनु भएको थियो ।
टीकापुर सानासहरी सरसफाइ तथा खानेपानी सस्थाका अध्यक्ष भैरव रावलले ओपन फोलोर बाट पानी किन धमिलो आउछ ? भन्ने प्रश्नको उत्तर सहित स्वस्थ रहन स्वच्छ पानी आवस्यक भएकोले आफुहरु सोकुरा प्रती कटिबद्ध रहेको र नगरपालिका भरी तीब्र रुपमा भैरहेको सडक विस्तारको क्रममा खानेपानीको पाइप हरु काटिने तथा प्वाल पर्ने र उक्त स्थान बाट माटो पसेपछि पानी धमिलो आएको हुन सक्ने बताउदै सोको निवारण सम्बन्धि निकायले नै गर्नुपर्ने बताउनु भयो।

प्रमुख अतिथि प्रदीप कुमार चौधरीले स्वच्छता सम्बन्धि सन्देश प्रवाह गर्ने र स्वच्छवातावरण र सफा खानेपानी सप्लाइ गर्ने सरकारले ध्यान दिएर सोको निम्ति अलग बजेट को वयवस्था हुनुपर्ने बताउनु भयो।

अन्तमा नगरउपप्रमुख तथा कार्यक्रमका अध्यक्ष केशरी रावल विष्टले स्वस्थ नै सम्पत्ति रहेकोले सबै नगरवासी हरुलाइ स्वस्थराख्ने आफ्नो पनि मनसाय रहेको भन्दै कार्यक्रमको समापन गर्नु भयो।

बिज्ञापन

Leave a Reply