अवर्गीकृत

नेकपा माओवादी केन्द्रको कार्यलय स्थापना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख १५ टीकापुर
कैलाली जिल्लाको टीकापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ कार्यलय स्थापना गरेको छ।
मनुवारोड स्थित जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको नयाँ भवन अगाडी मंगलबार पार्टीका नगर अध्यक्ष खडक शाहको अध्यक्षतामा पार्टी कार्यलय स्थापना भएको हो।

यस अघि” नेपाल कम्युनिस्ट पार्टी नेकपा “भए संगै नेकपा एमालेको कार्यलय लाई पार्टी कार्यलयको रुपमा प्रयोग भैरहेको थियो भने अदालतको पछिल्लो पछिल्लो फैसलालले उक्त नाम ऋषि कटेल अध्यक्ष भएको पार्टीको नाम भएको भन्दै पुर्ब नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ आफ्नो पुरानै अवस्थामा फर्किए पछि केन्द्र देखी जिल्ला नगर सम्म यसरी पार्टी कार्यलय स्थापना भैरहेको अध्यक्ष शाहले मालिका समाचार लाई बताए ।

बिज्ञापन

कोभिड-१९को भयावह रुपलाइ मध्यनजर गर्दै ठुलो औपचारिक कार्यक्रम नगरिएको पार्टीका जिम्मेवार नेता कार्यकर्ता हरुमा जानकारी गराइ सामान्य कार्यक्रम गर्दै मंगलबार पार्टीको कार्यलय स्थापन गरेको बताए ।

सोको अवसरमा प्रदेश कमिटी सदस्य हरि ग्यावाली अखण्ड , पार्टी नेता बालकृष्ण चौधरी,विकास ,उद्योगव्यापार संगठनका सुदुर पश्चिम् इन्चार्ज टीकाराम जोसि , कैलाली जिल्ला शिक्षक संगठन उपाध्यक्ष धनबहादुर बिक ,नगर शिक्षक संगठन नगर अध्यक्ष धनन्जय ढुंगाना ,वाइसीएल जिल्ला सदस्य विनोद शर्मा , नगर सचिवालय सदस्य अमर पुन ,महिला नेत्री सरस्वती ग्यावाली ,लम्कीचुहा नगर वाइसीएल अध्यक्ष केशव शर्मा ,कार्यलय सदस्य जित बहादुर आउजी वडा नम्बर १ पार्टी सचीव प्रकाश टमट्टा, अखिल भारत एकता मंचका नेता रतन बिक लगायतको उपस्थितिमा कार्यलय स्थापना भएको जनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply