Uncategorized

आइफिल टावर जस्तो अनुभुती भयो :प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सनिवार उद्घाटन गरिएको पुनः निर्मित धरहरा उद्घाटन गर्दै २० औ तला बाट पुष्प वृष्टिको क्रममा फ्रान्सको पेरिसमा रहेको आइफिल टावर जस्तो अनुभुती भएको बताउनु भयो ।

बिज्ञापन

२०७२ सालमा आएको विनाश कारी भूकम्पबाट ध्वस्त भएको धरहरको पुनः निर्माण कार्य सम्पन्न गरि भत्केको ठिक एकदिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

लोकतन्त्र दिवस र भूकम्प दिवसको अवसर पारेर धरहराको उद्घाटन गरिएको हो।

भूकम्पपछि निर्माण गरिएको धरहरा २२ तलाको रहेको छ। पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशिल ज्ञवालीले जमीनमुनि २ तला र एक तला बराबरको सिँडीभएकाले धरहरालाई २५ तलाको भन्न मिल्ने बताउछन्।

धरहरा पुननिर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको थियो। स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाएको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन्।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि.सं. १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ।

पेरिसको आइफिल टावर

शुक्रबार प्राधिकरणल पत्रकार सम्मेलन गरेर धरहरा लगायतका सम्पदाहरुको बारेमा जानकारी गराएको थियो। धरहरा निर्माण नेपाली जनता आफैले गरेका हुन्। मेरो धरहरा मै बनाउँछु अभियान चलाएर धरहरा बनाइएको हो।

बिज्ञापन

Leave a Reply