Uncategorized

कोरोना संक्रमणबाट सुदुरपश्चिका साइकल यात्रीको मृत्यु

बिज्ञापन

बैशाख १६ कैलाली अदम्य शाहास भएका एकै खुट्टाको भरमा पश्चिम महाकाली देखी पुर्ब मेची सहजै पुगेका साइकल यात्री यमलाल रसाइली को कोभिड-१९संक्रमणले मृत्यु भएको छ।

रसाइलीको साइकल यात्रा मेची-महाकालीमा मात्र सिमित नभई मुगुको रारा र छिमेकी मुलुक भारतका विभिन्न ठाउँहरुमा पनिपुगेका थिए साथै साइकल चालकका हुनेविभिन्न स्लो तथा फास्ट प्रतिसपर्धामा सफल साईकिल यात्रा पुरा गरिसकेका कैलालीका यमलाल रसाईलीकाे काेराेना संक्रमणका कारण ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशिका अनुसार लम्कीचुहा नगरपालिकाका ४३ बर्षिय रसाइलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हाे ।

गत बर्षको संक्रमणमा मृत्यु हुनेमा बृद्धअबश्थाका ,दृघरोगी हरु थिए भने पछिल्लो समयमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा वयस्क रहेका छन र यो संख्यामा निकै वृद्धि भएको स्वस्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले संचारमाध्यममा सार्वजनिक गरेका छ्न बिहिवार मात्र सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण बाट १३ जनाको मृत्यु भैसकेको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply