साधारण जनताको लागि नि :शुल्क गाडिको ब्यबस्था

बैशाख २७ अछाम //अछामको जयगढ बान्निगडी गाउपालिकाले यो आपत्कालिन समयलाई मध्यनजर गर्दै साधारण जनताको सेवा र सुबिधाको लागि गाडिको ब्यबस्था गरेको छ।
बिशेषत: बिरामिहरुलाई हस्पिटलसम्म पुग्नलाई कुनै गाह्राे नहोस् भनी यो सेवा बिस्तार गरेको नि. प्रशासकिय अधिकृतले जानकारी दिनुभयो।
“यो समय सहयोग,सद्भाव , परोपकारको समय हो, हामिहरुको कर्तब्य सेवा गर्नु हो ; सुबिधालाई चुस्तदुस्त बनाउनु हो, सबै एकजुट भै एक अर्कोको दया माया बुझ्ने र बुझाउने समय हो”

भन्दै नि. अधिकृतले कुनै पनि जनतालाई अस्पताल पुग्न र फर्किनलाई अप्ठ्यारो नहोस् भनेर यो ब्यबस्था गरेको भनी सुचित गर्नुभएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
