राजनीति

नेपाल राष्ट्रिय शिक्षक संगठन टीकापुर नगरको दोस्रो बैठक सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन १८ टीकापुर नेपाल राष्ट्रिय शिक्षक संगठन टीकापुरको नगर समितिको दोस्रो बैठक टीकापुरमा सम्पन्न भएको छ।
संगठनका नगर अध्यक्ष पदम बुढाको अध्यक्षता बसेको बैठकको सञ्चालन सचिव अर्जुन रावलले गरेका थिए उक्त बैंककमा उपस्थित अतिथि हरु जिल्ला सचिव चक्रराज तिमिल्सिना जिल्ला सदस्य बद्री भट्टराई जिल्ला सल्लहाकार तारा साउँद पूर्व जिल्ला सदस्य राम प्रसाद भट्टराई रहेका थिए ।

उपस्तिथित अतिथि हरुले बैठक लाई सम्बोधन गर्दै टीकापुर नगर संगठन सुद्रिढ र प्रभाव जारी भयर पेशागत हकहितको लागि लाग्नु पर्ने कुरा राखेका थिए भने
सम्पन्न बैठकले भीम साउद, मदन खड्का , मङ्गला जोशी, हसिना चौधरी र प्रेम बोहोरा लाई नगर समितिमा मनोनित गरेको छ। आगामी जिल्ला अधिवेसनलाई टीकापुर नगर समिति एकजुट भएर ब्यापक उपस्थिति सहित सफल पार्ने निर्णय गर्दै केहि दिन पहिले निधनभएका संगठनको सदस्य स्व:अनुबर्तिनी शाहको शोक प्रस्ताव पनि पारित गरेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।