युक्रेनबाट पोल्यान्ड पुगेका युद्ध विस्थापित नेपालीहरु अलपत्र


युक्रेनबाट पोल्यान्ड पुगेका युद्ध विस्थापित नेपालीहरु अलपत्र परेका छन् । पोल्यान्डले स्थानीयलाई सहयोग गरेको भएपनि युक्रेन र पोल्यान्डको सिमाना मेडिका/सेमिस्कामा पुगेका एन आर एनका सदस्य दिपक धितालले त्यहाँ भएका नेपालीहरुको अवस्था बुझ्न पुग्दा युक्रेनको सिमाबाट पोल्यान्ड छिरेका नेपालीहरुलाई सोलो बाक्या नाका खुला भएपनि अन्य नाकाबाट प्रहरीले छिर्न नदिएको बताए ।

सातजनाको टोलिमा सेमिस्का पुगेका धितालसंग एन आर एनका केन्द्रिय अध्यक्ष कुमार पन्त पनि पुग्नु भएको छ । मेडिका शिविरमा रहेका अस्थाई छाप्राहरुमा १०० किलोमीटर भन्दा धेरै हिडेर पुगेको र रसीयाका कारण सारै दु:ख पाइयो उनले भने । २४ तारीख ५:१५ मा बम पड्केको र त्यो भन्दापछि आफुहरु बाहिर निस्केको एक जनाले बताए । युक्रेनबाट पोल्यान्ड पुगेका नेपालीहरुका खुट्टा सुनिएका छन् ।


स्लोवाक्याबाट पोल्यान्ड छिर्न नेपाली हरुलाइ पनि पोल्यान्डका प्रहरीहरुले सहकार्य गरेको भएपनि मेडिका/सेमिस्का रेल्वे स्टेसनमा पुगेका दिपक धिताल र कुमार पन्त, राजदुत रामकाजि खड्का लगायतले त्यो क्षेत्रमा पुग्दाको अवस्थाको बारेमा एक जना प्रवासीका अनुसार 24 तारीखमा बम पड्केको आवाज सुनेपछि आफुहरु पोल्यान्डतर्फ लागेर त्यहाँ पुगेका अन्य प्रवासी नेपालीहरुलाई बुझ्दा आफू भाग्ने क्रममा रहेकोले धेरै कुरा बोक्न सकिएन पैसाको पनि अभाव रहेको साथै काला जातिलाई पिट्दा नेपालीहरुलाई पनि पिटेको बताए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.