राजनीति

व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम हो : पोख्रेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताएका छन्।

व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो। जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन। कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, उनले भने, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताए ।

बिज्ञापन

प्रेस चौतारी कैलालीले आज (बिहिबार) धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानून र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको बताएका हुन्।

सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउदै ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ ’ उनले भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।