राजनीति

एमाले प्रवेश गर्ने करिश्माको तयारी

बिज्ञापन

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने तयारी गरेकी छिन् । अभिनेत्री मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।

बिज्ञापन

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् । उनले अगाडि भनिन्, ‘करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, उदि राजनीतिमा लाग्ने हो भने त ।’ ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरें ।’

आफ्नो ‘पोजिसन’ अनुसार पार्टीले भूमिका दिनुपर्ने पनि उनले बताइन् । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढाजस्तै थिइन् ।

बिज्ञापन