राष्ट्रिय समाचार

सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३९ स्थानीय तहलाई एकीकृत बस्तीको लागि स्थान छनोट गर्न पत्राचार गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इन्जिनियर होमनाथ पौडेलका अनुसार सोमबार पत्राचार गर्दै ‘उच्च पहाडी एवम् हिमाली क्षेत्र समृद्धि कार्यक्रम’ अन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्न १० दिनभित्र स्थान पहिचान गरी पठाउन पालिकाहरुलाई निर्देशन दिइएको हो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।